गायक सञ्जय श्रेष्ठले छोडे राप्रपा, काठमाडौ–६ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने

लोकपथ
7
Shares

काठमाडौं । गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायक श्रेष्ठले आफूलाई काठमाडौ–६ बाट उम्मेदवार बनाउने भनिए पनि नबनाएको असन्तुष्टि व्यक्त गरेका छन् ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई काठमाडौं–६ बाट टिकट दिने आश्वासन दिएपनि अन्तिममा नदिएको आरोप लगाए । जसको कारण आफू राप्रपा छोडेर भोलि मनोनयन दर्ता गर्ने तयारीमा रहेको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘क्षेत्र नम्बर ६ बाट मेरो प्रतिनिधि सभाको लागि लड्ने अडान यथावत नै छ । भोलि म आफू पनि स्वतन्त्र रुपमा मनोनयन पत्र दाखिल गर्दैछु । राप्रपालाई यदि म जस्तो व्यक्तिको यदि आवस्यकता छैन भने मेरो भन्नू केही छैन , म आफै राप्रपा छोडेको घोषणा गर्दैछु र म जस्ता हजारौंले आब आउने दिनमा यहि क्रम दोहोर्‍याउने छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?