काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
शनिबार दिउँसो पत्रकार सम्मेलन गर्दै सापकोटाले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
आफू पटकपटक सांसद भइसकेको भन्दै अब युवाहरुलाई पालो दिन आफू उम्मेदवार बन्ने मनसायमा नरहेको उनले बताए ।
आफू सिन्धुपाल्चोक क्षेत्र नं १ बाट सिफारिसमा परे पनि चुनाव नलड्ने बरु फरक भूमिकामा रहने उनले बताए ।
‘सिन्धुपाल्चोक १ मा मेरो नाम सिफारिस पनि भएको थियो । गठबन्धन भएकोले जित्ने सम्भावना पनि थियो । तर युवालाई अगाडि बढाउनुपर्छ भनेर मैले यो निर्णय गरेको हुँ । म फरक भूमिकाबाट काम गर्नेछु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया