काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल हुने भएको छ ।
शनिबार बिहान एमाले र जसपाबीच तालमेलको सहमती भएको हो ।
जसअनुसार जसपाले प्रतिनिधि सभामा १७ सिट पाएको छ भने प्रदेशसभा तर्फ ४२ सिट प्राप्त गरेको छ ।
तालमेलको सहमती अनुसार जसपाले प्रतिनिधि सभामा १७ सिट पाएको छ भने प्रदेशसभा तर्फ ४२ सिट प्राप्त गरेको छ । यता नेकपा एमालेले जसपासँग ३५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सहकार्य गर्नेछ । यता प्रदेश तर्फ भने ७० निर्वाचन क्षेत्रमा गठबन्धनको समहति भएको छ ।
सहमति अनुसार गठबन्धन भएका बाहेकका स्थानमा मित्रवत प्रतिष्पर्धाको लागि उम्मेदवारी दिन पाइनेछ ।
५ दलीय गठबन्धनमा आवद्ध जसपाले सिटको भागबण्डा नमिलेपछि शुक्रबार गठबन्धन छाडेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया