दक्षिण अफ्रिकाले भारतलाई हरायो

लोकपथ
195
Shares

काठमाडौं । भ्रमणकारी टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा ९ रनले हराएको छ । बिहीवार राति वर्षा भएपछी खेल ४० ओभरमा झारिएको थियो । जितसँगै तीन खेलको शृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

२ सय ५० रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रनमा समेटियो । भारतका सन्जु सामसनले अविजित ८६ रन बनाए । श्रेयस आयरले ५० रनको योगदान गरे । दक्षिण अफ्रिकाका लुंगी एनजीडीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४० ओभरमा ४ विकेट गुमाएर २ सय ४९ रन बनायो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । हेनरिक क्लासेनले अविजित ७४ रनको योगदान गरे । भारतका सार्दुल ठाकुरले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?