सिरहा । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजिनामा दिएका छन् । जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजिनामा दिएका हुन् ।
जसपा प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरेकाले सामूहिक राजिनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साहले बताए । जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफूहरु बाध्य भएर राजिनामा गर्नुपरेको उनले बताए ।
जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर, विकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोजकुमार सिंहले बताए ।
सामूहिक राजिनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दाबी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए ।
सिंहलाई मंसिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया