वर्षामय दसैँ : यस्तो हुनेछ टिकाको दिनको मौसम

लोकपथ
1.9k
Shares

काठमाडौं । यस वर्षको दसैँ वर्षामय हुने भन्दै शतर्क रहन विज्ञहरुले सुझाएका छन् ।

हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थान भन्दा उत्तरतिर अवस्थित रहेकाले देशभर नै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।

सोमवार (महाष्टमी) का दिन पनि देशभरका विभिन्न स्थानमा अविरल वर्षा भएको र मंगलवार (आज) पनि देशभर मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ । काठमाडौं उपत्यकामा पनि अहिले मौसम धुम्मिएको छ ।

यस वर्षको दसैँ वर्षामय हुने भएकाले विज्ञहरुले टिका लगाउन जाँदा खहरे खोलानालहरुमा सावधानी अपनाउन आग्रह गरेका छन् । हाल प्रदेश १, मधेश प्रदेश तथा वागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश,वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावनाले उक्त क्षेत्रहरूमा भू–क्षय, पहिरो तथा गेग्रान वहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

दसैँ को टीकाको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश १ र वागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । टीकाको राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

टिकाको भोलिपल्ट अर्थात् बिहीवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बिहीवार राति सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?