दसैँमा घुम्न कहाँ जाने ? यी हुन् सही गन्तव्य

लोकपथ
203
Shares

हिन्दूहरुको महान चाड दसैँ । उसो त यो फूर्सदिलो बेला हो । त्यसैले धेरैले यो समयलाई घुमघामको योजना पनि बनाउँछन् । न धेरै जाडो, न औधी गर्मी । यो मौसमको घुमघाम साँच्चै आनन्ददायक हुन्छ ।

त्यसैले दसैँमा एउटा सिरिज थपियो । त्यो हो– नेपालमा घुमफिर गरेर रमाइलो गर्नका लागि प्रशस्त ठाउँ छन् । दसैँको योजनामा यी ठाउँ पनि राख्नुहोस् । जहाँ पुगेर तपाईंलाई मानसिक शान्ति र आनन्द मिल्ने छ ।

पोखरा

नयाँ प्रडक्ट थपेर पर्यटक आकर्षित गर्दै पोखरा, ८ मिनेटमै सराङकोट « Clickmandu

कास्की जिल्लामा पर्ने पर्यटकीय नगरी पोखरा घुमफिरका लागि आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्छ । पोखरामा फेवाताल, तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर, गुप्तेश्वर गुफा, चमेरु गुफा, बेगनाश ताल, साराङकोट, विभिन्न ताल लगायतका मनमोहक ठाउँहरु रहेका छन् ।
यहाँको खास विशेषता भनेको डुङ्गामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाउनु हो । पछिल्लो समय पोखरामा सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नेको भिड बढेको छ । एउटै गन्तव्यमा धेरै नयाँ र आकर्षक स्थानको अवलोकन गर्न पाउने गन्तव्य हो, पोखरा ।

लुम्बिनी

लुम्बिनी साँस्कृतिक नगरभित्र विकास कोष छ कि विकास कोषभित्र लुम्बिनी नगर ? | Aartha Sambadh

गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । लामो यात्राको रुची राख्नेहरुको लागि लुम्विनी उत्तम हुनसक्छ । शान्तिको लागि छट्पटिएकाहरुले त्यहाँ पुग्छन् । लुम्विनी प्रमुख आकर्षण भनेको मायादेवी मन्दिर हो ।

अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका पनि रहेका छन् । त्यहाँका सबै गुम्बाहरु अत्यन्तै सुन्दर भएकाले गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ । काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुग्न सकिन्छ ।

सौराहा

घुमौं सौराहा अभियान प्रभावकारी बन्दै - NepalKhoj

वाइल्ड लाइफ तथा थारू संस्कृति हेर्न रुचि राख्नका लागि चितवनको सौराहा निकै उपयुक्त गन्तव्य हुन्छ । सौराह चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घुम्नका लागि चर्चित रहेको छ । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो ।

हात्ती तथा जिप सफारी गर्दै बाघ, गैंडा, घडीयाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर पनि देखिन्छ । सौराहामा जंगल सफारी, हात्ती सफारी, चरा वाचिङ तथा थारू संस्कृतिका लागि प्रख्यात रहेको छ ।

बन्दीपुर

डुम्रे–बन्दीपुर सडक फराकिलो बनाइँदै | nepalkatha.com

डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुर दशैंको बिदामा घुम्नको लागि अर्को राम्रो ठााउ हो । पुराना घरहरूलाई कलात्मक रूपमा सिंगारिएको बन्दीपुर तनहुँको पुरानो बजार हो । नेवारी बस्ती र सुन्दर दृश्याले सबैलाई आकर्षीत गर्ने गरेको छ । यहाँबाट तनहुँको सुन्दर फाँटहरू, हिमाललगायतका दृश्यहरू हेर्न पाइन्छ ।

घलेगाउँ

घलेगाउँ हरेक घर एउटै रंगमा

पछिल्लो समय लमजुङको घलेगाउँ पर्यटनका लागि प्रसिद्ध बन्दै आएको छ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखलाहरू, बाहृै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका छिर्ने साँघुरा बाटाहरू, बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा सामान्य कुराकानीले सबैलाई आकर्षण गरेको छ ।

मुस्ताङ

पर्यटकीय गन्तव्यः मनै लोभ्याउने मुस्ताङ (फोटो फिचर) « Nagarik Khabar

हिमाल पारिको जिल्लाका रुपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रुपमा रमणिय ठाउँ हो ।
अन्नपूर्ण र धौलागिरी हिमालको छायाँमा रहेको यस जिल्ला चट्टानहरुले बनेको मरुभुमीजस्तै देखिन्छ । उच्च स्थानमा रहेका ले यहाँ दिउँसोको समयमा हावाको वहाव एकदमै तेज हुने गर्दछ । बाह्रै महिना हिउँले ढाकिने हिमालहरुको काखमा रहेको मुस्ताङमा पनि हिउँ पर्ने गर्छ । विशेषतः जाडो महिनामा धेरै हिउँ पर्ने गर्दछ । हिउँमा खेल्न मनपराउनेको लागि भनेर मुस्ताङ उपयुक्त गन्तव्य हुन्छ ।
मुस्ताङलाई मध्यभाग पारेर बग्ने कालीगण्डकीको आफ्नो छुटै विशेषता रहेको छ । तयो अति मनमोहक देखिन्छ । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्यटकीय स्थल हो ।

पिके डाँडा

पिके डाँडा : जहाँबाट देखिन्छ, आँखै अल्मलिने दृष्य (फोटो फिचर) - Himal News Express

पिके डाँडा सोलुखुम्बुमा पर्छ । घुम्नलायक ठाउँमध्ये एक यो, हो । जहाँ तपाईं परिवारसँग दसैंको बिदामा योजना बनाएर जान सक्नुहुन्छ । यहाँबाट ८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, सगरमाथा, धौलागिरीजस्ता हिमालहरु आँखै अगाडि देख्न पाइन्छ ।

सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा यो ठाउँ पुग्न सकिन्छ । समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर उचाईमा रहेको पिके डाँडाबाट काठमाडौंदेखि लुक्लाका लागि उडेको हवाईजहाज तल भएर जाँदाको दृश्य उत्तिकै मनमोहक हुन्छ ।

नगरकोट

पर्यटकीय गन्तव्य नगरकोट «

भक्तपुरमा पर्ने नगरकोट प्राकृतिक रुपमा मनोरम स्थल हो । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्जनजङ्घा, मनास्लु, लाङटाङ, गौरिशंकर, ल्होत्से, मकालुजस्ता हिमालको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ ।
नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

जनकपुर

जनकपुर विकासमा मोदीले घोषणा गरेको डेढ अर्ब अढाई वर्षदेखि आएन

धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ ।

हिन्दु धर्माबलम्बीहरुको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरी मध्ये एक हो । प्राचीन मिथिलाको राजधानी एवं त्रेता युगका भगवान राम र आदर्शनारी सीताबिचको सम्बन्धले जनकपुरको महत्वलाई झनै बढाइदिएको छ । मिथिलामा दिनहुँ कुनै न कुनै चाडपर्व परिरहन्छ । त्यसको अवसरमा यहाँ रहेको मठ मन्दिर, तालतलैया, पाटीपौवा र कुट्टीहरुमा भजन किर्तन, पूजाआजाले भान हुन्छ ।

तीन जुरे मिल्के जलजले

तीनजुरे मिल्के जलजले क्षेत्रमा पुगेका पर्यटक - Purbeli News

‘गुराँस’को राजधानी भनेर चिनिने तीनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तीनजुरे, संखुवासभाको जलजले र ताप्लेजुङको मिल्के जोड्ने क्षेत्र हो । यो क्षेत्रको पर्यावरण निकै रोमान्चित छ । यो क्षेत्रलाई तीन जिल्लाको सङ्गमस्थलको रुपमा समेत चिनिन्छ । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनिएको हो । यसका साथै रेडपाण्डा लगायतका जनावरको अवलोकन गर्न सकिन्छ ।

कालिञ्चोक

भारतीयका साथै बंगलादेशी पर्यटकको रोजाइमा कालिञ्चोक | प्रदेश पालिका

दोलखा जिल्लामा रहेको कालिञ्चोक प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । यहाँबाट प्रकृतिको हरियालीसँगै हिमाली दृश्य राम्रोसँग देखिन्छ । धार्मिक आस्था भएकाहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जाने गर्छन् । यहाँबाट विभिन्न हिमशृंखलाहरु समेत देख्न सकिन्छ ।

हिन्दु धर्माबलम्बीहरुको विशेष आस्थाको केन्द्र जनकपुरधाम पर्यटकीय नगरी मध्ये एक हो । प्राचीन मिथिलाको राजधानी एवं त्रेता युगका भगवान राम र आदर्शनारी सीताबिचको सम्बन्धले जनकपुरको महत्वलाई झनै बढाइदिएको छ । मिथिलामा दिनहुँ कुनै न कुनै चाडपर्व परिरहन्छ । त्यसको अवसरमा यहाँ रहेको मठ मन्दिर, तालतलैया, पाटीपौवा र कुट्टीहरुमा भजन किर्तन, पूजाआजाले भान हुन्छ ।

लोमान्थाङ

लोभ्याउने लोमान्थाङ

हिमालपारी गाउँ भनेर चिनिने मुस्ताङ जिल्लामा पर्नेे लोमान्थाङ परिवार र साथी भाईसँग रमाइलोका लागि घुमघाम गर्न सक्नु हुन्छ । यस ठाउँमा पुरातात्विक ऐतिहासको बारेमा जानकारी लिन सकिन्छ । हिमालबाट आउने चिसो हावालाई रोक्नको लागि पर्खालहरु बनाएको छ ।

जिरी

जिरी नगरपालिका - विकिपिडिया

जिरी नेपालको स्वीटजरल्याण्डको नामाले प्रख्यात छ । दोलखा जिल्लाको प्रमुख र आकर्षक गन्तव्य हो, जिरी । तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन् । जिरी सगरमाथा प्रवेशद्वारका रुपमा पनि परिचित छ । यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ ।

बेदकोट ताल

बेदकोट ताल | बेदकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय

कञ्चनपुर र डडेल्धुरा जिल्लाको सिमाना चुरे पर्वतसँगै रहेको बेदकोट ताल दसैंका लागि घुमघामको गन्तव्य बन्न सक्छ । बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्य हो । प्राकृतिक, रमणीय यहाँ ताल नजिकै आराध्य देव शिवको मन्दिर छ । तालको सुन्दरता र चारैतिर हरिया पहाड छन् । ताल क्षेत्रको वनबाट आउने चराचुरुङ्गीहरुको आवाजले मन रोमान्चित हुन्छ ।

पुनहिल

घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्दै - Web Tv Khabar

पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जाँदा रमाईलो हुन्छ ।

इलाम

Ilam -cultural diversity, natural landscape - Wonders of Nepal-tourism blog

नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

कोशी टप्पु

कोशी टप्पु वन्यजन्तु आरक्ष - Explorer Nepal

कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।
कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।

अन्नपूर्ण पदमार्ग

अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्याे - NepalWatch

पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।
अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?