काठमाडौं । गत असोज ४ गते काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ ।
मोहम्मदको हत्यामा संलग्न ३ जनालाई पक्राउ गरी सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
असोज ४ गते साँझ मोहम्मदलाई पच्छ्याउँदै आएका व्यक्तिले गोली हानेका थिए । घटनास्थलमा ढलेका उनको उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई सोही समय नै पक्राउ गरी अनुसन्धान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया