सिट बाँडफाँट सहमति नजिक, १० प्रतिशतमा मात्रै समस्या छ : अध्यक्ष नेपाल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटको सहमति नजिक पुगेको बताएका छन् ।

१० प्रतिशतमा मात्रै समस्या देखिएको बताएका छन् । शनिबार रौतहटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सिट बाँडफाँटको १० प्रतिशतको मात्रै ढुङ्गो लाग्न बाँकी भएको बताएका हुन् ।

‘१० प्रतिशत मात्रै टुंगो लगाउन बाँकी छ, त्यो पनि आज भोलिसम्म सहमति भइहाल्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?