माओवादीले बुझायो समानुपातिकको बन्दसूची, बाबुरामको भागमा ५ सिट

लोकपथ
203
Shares

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन नेकपा माओवादी केन्द्र निर्वाचन आयोगमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनका लाष् ि११० जनाको समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा बुझाएको हो ।
माओवादीसहित माओवादीको निर्वाचन चिह्नबाट निर्वाचन लडेका समेत दलहरुको नाम लिएर पार्टीका उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रका १०५ र ५ जना नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरुको नाम समेटिएको जानकारी गराएका छन् ।

आगामी निर्वाचनमा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा माओवादीको निर्वाचन चिह्नबाट निर्वाचनमा होमिँदैछ । जसको कारण बाबुरामको पार्टीलाई माओवादीले ५ सिट छुट्टयाएको हो ।

निर्वाचन आयोगले सोमबार र मंगबारका लागि समानुपातिकको बन्द सूची बुझाउने मिति तोकेको छ । जसअनुसार सोमबार २ राजनीतिक दलले मात्रै सूची बुझाएकोमा आज निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?