सरकारले फिर्ता लियो ‘विद्युत विधेयक, २०७७’

लोकपथ
0
Shares

काठमाडौं । सरकारले राष्ट्रियसभामा विचाराधिन ‘विद्युत विधेयक, २०७७’ फिर्ता लिएको छ । शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सो विधेयक फिर्ता लिनका लागि पेश गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकले सर्वसम्मतिले पारित सो प्रस्ताव फिर्ता भएको घोषणा गरेका हुन् । उनले, ‘माननीय सदस्यहरु, नेपालको संविधानको धारा ११२ र राष्ट्रियसभा नियमावली २०७५ को नियम ११६ बमोजिम अब म माननीय ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई राष्ट्रियसभामा विचाराधिन विद्युत विधेयक २०७७ फिर्ता गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए ।’

राष्ट्रियसभाको अर्को बैठक आगामी असोज २ गते आईतबार बिहान १० बजेर ५९ मिनेटमा बस्नेगरी बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?