चोलेन्द्रले बयानमा हस्ताक्षर गर्न मानेनन्, पढेर सुनाइँदै

लोकपथ
49
Shares

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई बयानमा हस्ताक्षर गराउने तयारी गरेको छ ।

जबराकाविरुद्ध उठेका सवालजवाफपछि १७४ पृष्ठको बयान तयार गरी उनलाई हस्ताक्षर गर्न भनिएकोमा आनाकानी गरेका थिए ।म

अघिल्ला बैठकहरुमा हस्ताक्षर गर्न नमानेपछि उनले अध्ययनका लागि समय मागेका थिए । अध्ययन गरे पनि हस्ताक्षर नगरेपछि आजको बैठकमा उनकै उपस्थितीमा सुनाएर हस्ताक्षर गराउने काम भइरहेको कांग्रेसको सचेतक समेत रहेका समिति सदस्य मीन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।

‘अहिले उहाँ (जबरा) लाई सो बयान पढेर सुनाउने काम भइरहेको छ ।’ विश्वकर्माले लोकपथसँग भने, ‘यसअघिका बैठकहरुमा उहाँलाई हस्ताक्षर गर्न भनिएकोमा पढ्नका लागि समय माग गर्नुभएको थियो । तर लामो भएको भन्दै घरमा अध्ययन गर्ने समय माग गरे पनि हस्ताक्षर नगरेपछि आज उहाँलाई पढ्न पढेर सुनाएर हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।’

उक्त बयान पढिसकेपछि हस्ताक्षर गराउँदा कम्तिमा ५–६ घण्टा लाग्ने अनुमान गरिएको छ ।

गत मंगलबार चोलेन्द्रविरुद्धको बयान सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?