काठमाडौं । राष्ट्रिय एकता अभियानले आसन्न निर्वाचनको मुखैमा चिनियाँ जम्बो टोली भ्रमण आउनु संशयपूर्ण रहेको बताएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै अभियानले चीनको दोस्रो वरियताको नेता नेपालको पाहुना भएर आउनु राम्रो रहे पनि समय र सन्दर्भ नमिल्दा स्वागत गर्न नसकिने समेत बताएको छ ।
‘चीनको दोस्रो वरियताको नेता नेपालको पाहुना भएर आउनु सुखद समाचार हो। यद्यपि कहिलेकाही समय र सन्दर्भ नमिल्दा अति विशिस्ट पाहुनालाई पनि स्वागत गर्न नसकिने अवस्था बन्न जान्छ । जारी विज्ञप्तिमा उल्लेख छ, ‘गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण हो।’
तसर्थ उनीहरूको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा राख्नुपर्ने अभियानको माग रहेको छ ।
त्यस्तै, उनीहरूको सबै भेटघाट पुर्ण रूपले सरकारी अधिकारी र नागरिक समाजको प्रतिनिधि राखेर मात्र गर्न गराउनहुन आवश्यक रहेको पनि अभियानको माग छ।
जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु यही भदौ २७ गते नेपाल भ्रमणमा आउन लागेका हुन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली छ जना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोली नेपाल आउने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया