जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा. खराल

लोकपथ
42
Shares

काठमाडौं । जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा. पुष्पमणी खराल निर्वाचित भएका छन् ।

शनिबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय काठमाडौंमा भएको निर्वाचनमा डा खराल अध्यक्षमा निर्वाचित भएका हुन् ।

खरालले उनका प्रतिष्पर्धी डा. भोलाराम श्रेष्ठलाई पराजित गर्दै जित हासिल गरेका हुन् । कुल ९१ मत खसेकोमा डा. खरालले ५३ मत प्राप्त गरेका थिए भने डा. श्रेष्ठले ३८ मत प्राप्त गरेका थिए ।

१३ सदस्यीय कार्यसमितिमा अन्य पदाधिकारी तथा सदस्यहरुको निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा पनि सर्वसम्मती गर्ने तयारी गरेकोमा सहमति नभएपछि शनिबार निर्वाचन भएको थियो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारी, उपाध्यक्षमा डा सर्वेश शर्मा, महासचिवमा डा विश्वराज दवाडी, सचिवमा डा सुरेस नेपाल, सहसचिवमा डा विकास गौचन, सह कोषाध्यक्षमा डा रोहेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यहरुमा डा आरती शाह, डा बिनोद दंगाल, डा संजय कुमार गुप्ता, डा सन्तोष बाँस्तोला, डा तीर्थमान श्रेष्ठ र डा त्रिभुवन चन्द्र झा निर्विरोध निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?