विविध कार्यक्रमसहित आज इन्द्रजात्रा मनाइँदै

लोकपथ
42
Shares
sf7df8f}F, # c;f]h . O{Gb|hfqfsf] lbg cfO{taf/ a;Gtk’/af6 hLljt b]jL s’df/L, u0f]z / e}/jsf] /y hfqf ub}{ sf7df8f}Fjf;L . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । काठमाडौं उपत्यकासहितका केही जिल्लामा विभिन्न कार्यक्रम गरेर आज इन्द्रजात्रा मनाइँदै छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरेर यो पर्व मनाइन्छ । हरेक वर्ष भाद्र शुक्ल चतुर्थीका दिनलाई इन्द्रजात्राका रुपमा मनाउने परम्परा छ ।

इन्द्रजात्रा, काठमाडैं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका जिल्लामा मनाउने गरिन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

आजकै दिन भगवान विष्णुको पूजा अर्चना गरी अनन्त चतुर्दशी पनि मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?