काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाेलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् ।
बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी हुनुभएकी उनले यस्तो बताएकी हुन् । उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताइन् ।
उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहीवार अतिथिहरु आउने क्रम जारी रहने बताइन् । उनले कोरोना संक्रमण पुनः बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताइन् । उनले बोलाइएका पाहुनाहरु र देशवासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताइन् ।
उनले भनिन्,‘यो जात्राको महत्व विविधतायुक्त छ । आजबाट विधिवत इन्द्रजात्रा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । यो काठमाडौंको मात्र जात्रा होइन, देशभरको नै जात्रा हो ।
हामीले भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाएका छौँ । भोलिबाट अतिथिहरु आउने क्रम रहनेछ । कोरोनाको केसहरु बढेका कारण हामीले अपेक्षा गरेको भन्दा कम अतिथि आउनुहुनेछ ।’
इन्द्रध्वजोत्थनमा सहभागि स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताइन् । उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया