काठमाडौं । पाँचदिने नेपाल भ्रमणका रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले जङ्गी अडुडामा सम्मान गारतको निरीक्षण गरेका छन् । नेपाली सेनाको एक टुकडीले आज बिहान सैनिक मुख्यालय जङ्गीअड्डामा उनको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो ।
त्यसअघि उनले सैनिकमञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रदाञ्जली अर्पण गरेका थिए । भारतीय स्थल सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणको सिलसिलामा आइतबार पाँच सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो नेपाल भ्रमण हो ।
उनलाई आज राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यहीं उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग पनि औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया