उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालकमाथि कारबाही

लोकपथ
42
Shares

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ५२४ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण बुधवार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा अनावश्यक हर्न बजाउने २ सय ३५ जना, फुटपाथमा पार्किङ गर्ने २६७ जना, मदिरा पिएर सवारी साधन चलाउने १ सय ५६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १ सय १८ जना र ढोका खुल्लै राखेर सवारी चलाउने १ सय १७ जना सवारी चालक रहेका छन् ।

यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने १ सय ३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ९५ जना, लेन उल्लङ्घन गर्ने ७९ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?