काठमाडौं । कान्ति बाल अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएर उनीहरु २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।
कर्मचारी शिव प्याकुरेल एक साताको अवधिमा माग पूरा नभए निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालबन्दी गर्ने चेतावनी दिए । कर्मचारीले अस्पताल विकास संचालनक समिति गठन गरिनुपर्ने, निर्देशक तथा लेखा प्रमुखले राजीनामा दिनुपर्ने, मनपपरी कर्मचारी भर्ना रोकिनुपर्नेलगातका माग राखेका छन् ।
अन्दोलनरत कर्मचारीले स्वास्थ्य मन्त्री र सचिवहरुलाई भेटेर तीन बुँदे माग पेश समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया