काठमाडाैं । सत्ता गठबन्धनबीच मंसिर ४ गतेको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ सिट बाँडफाँटका लागि सहमति जुटाउन कार्यदलमा प्रयास जारी छ ।
यही क्रममा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र जनमाेर्चाले सिटबारे आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
कार्यदलका सदस्य हिमलाल पुरीले दलहरुबाट प्रतिनिधिसभातर्फ आ–आफ्नो दाबी प्रस्तुत भएको र यसबारे थप छलफल गरेर निर्णयमा पुगिने बताए ।
उनका अनुसार बैठकमा काँग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको छ । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चा २ सिटमा दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया