काठमाडौं । आज बिहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् । प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया