काठमाडौं । ललितपुर महानगरपालिका ४ बागडोलस्थित एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बस दुर्घटना भएको छ । बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस आफैं अनियन्त्रीत भई पल्टिदाँ आठ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा नवलपरासीको कावासोती नगरपालिका २ घर भई हाल काठमाडौं कलंकी बस्ने २५ वर्षकी सुगम थापा, कीर्तिपुर नगरपालिका–८ की ३३ वर्षीया सुनिता श्रेष्ठ, सुनसरीको धरान नगरपालिका २० घर भई हाल कीर्तिपुर बस्ने ३३ वर्षीया सन्ध्या राई, दोलखा घर भई हाल कीर्तिपुर बस्ने ३० वर्षीया सबिना खड्का, ललितपुर महानगरपालिका १४ नखिपोट का ३० वर्षीया उदेश्य वाग्ले, सिन्धुपाल्चोक घर भई हाल ललितपुर महानगरपालिका ४ धोविघाट बस्ने ५९ वर्षीया जित बहादुर पोखरेल, रामेछाप घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने ४५ वर्षीय खड्ग बहादुर थापा र कलंकीका ६७ वर्षीया खिल बहादुर भण्डारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधिरराज शाहीले बताए अनुसार दुर्घटना दिँउसो करिब १ बजेको समयमा भएको थियो । घटना घटेको थाहा पाए लगत्तै प्रभाग सानेपबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई स्टार अस्पताल ल्याएर उपचार गरिरहेको र उनिहरुको अवस्था सामान्य रहेको शाहीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया