स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजहरुलाई प्राथमिकता दिनुपर्छ : चन्द्र ढकाल

लोकपथ
84
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले प्राथमिक तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महसंघले काठमाडौंमा स्वास्थ्य बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्यसँग सम्बन्धित प्राविधिक ज्ञान लिने जनशक्तिहरु उत्पादन गर्ने मेडिकल क्षेत्र निरुसाहित भएको भन्दै सरकारले त्यस्ता कलेजहरुलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले सरकारले ७५३ वटै स्थानीय तहहरुमा प्राथमिक तहको स्वास्थ्य पूर्वाधार पुर्‍याउन जरुरी रहेका बताए । ढकालले नेपालमा स्वास्थ्य प्राविधिकहरुको अत्याधिक आवश्यकता रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष ढकालले स्वास्थ्य बीमामा भुक्तानी प्रणालीमा केही कमजोरीहरु रहेको भन्दै त्यस्ता विषयहरु सुधार गर्नुपर्ने देखिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रममालाई डिजिटल रुपमा अगाडि बढाए मात्रै स्वास्थ्य बीमामा राज्यले लिएको उदेश्य पूरा हुनसक्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?