काठमाडौं । कर्मचारीको पारिश्रमिक सेवासुविधा वृद्धिलगायत पेसागत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन् । सरकारले उपल्लो तहका कर्मचारीको सेवासुविधा वृद्धि गरिएपनि नायब सुब्बा पदमा कार्यरत कर्मचारीको तलब नबढाएको भन्दै उनीहरु चरणवद्ध रुपमा आन्दोलित भएका हुन् ।
सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकारअन्तर्गत कार्यालयमा कार्यरत नायब सुब्बाहरूले चरणवद्ध आन्दोलन गरिरहेका छन् । आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर,झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित प्रदर्शन गरेका छन् । नासुलगायत राजपत्रअनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने उनीहरूको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया