सुनसरी । धरान उपमहानगरपालिका–१५ श्यामचोकबाट एक थान रेड पाण्डा (हाब्रे) को छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका–६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।
रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया