पर्यटनमन्त्री श्रेष्ठले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

लोकपथ
49
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठले विमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चूस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले सेवा प्रवाह चुस्त दुरुस्त बनाउन व्यवस्थापनलाई निर्देशन दिए । उनले विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै रनवे क्षेत्रको पनि निरीक्षण गर्नुकाे साथै  विमानस्थलको समग्र सुधार र व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताए ।  साथै उनले ७३ बुंदे कार्ययोजनामा समेत विमानस्थलको क्षमता विस्तार र आधुनिकीकरणको कामलाई पनि समेटिएको अनुगमनका क्रममा जानकारी दिए ।

पछिल्लो समय धावनमार्ग निर्माण, पार्किङ्ग स्थल, प्रस्थान तथा आगमन हल निर्माणले सेवा प्रवाहमा सूधार भएको छ । विमानस्थलका अधिकारीहरुले कोरोना महामारीपछि विमानस्थल पुरानै लयमा फर्कन थालेको जानकारी दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल २७ वटा मुलुकमा सिधा उडान भइरहेको छ भने २६ विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

आन्तरिक उडानतर्फ ११ वटा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रिय विमानस्थल चौविसै घण्टा तथा आन्तरिक उडान दैनिक १८ घण्टा संचालनमा रहेको छ । विमानस्थलभित्रका पूर्वाधार निर्माण र यात्रुहरुलाई दिनुपर्ने सेवामा ढिलासुस्ती नगर्न र सुधारको अनुभुति हुने गरी काम गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?