डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लोकपथ
28
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले आर्थिक वर्ष २०७६/०७७ मा कर्णाली प्रदेश सरकारमार्फत् विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सव–इन्जिनियर गोरसिंह बडुवाल, असिष्टेण्ट सब–इन्जिनियर हिमालकुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरुसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?