काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् ।
संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणित गरेका हुन् ।
साउन ६ उक्त विधेयक प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट उक्त विधेयक पारित भएको थियो ।
यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाएको छ । सभामुखले प्रमाणिकरण गरेसँगै दुवै सदनबाट पारित भएको पत्र राष्ट्रपतिसमक्ष पठाइनेछ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया