वीपी प्रतिष्ठानको रजिष्ट्रारमा कांग्रेस सांसद डिला संग्रौलाको श्रीमान नियुक्त

लोकपथ
1.7k
Shares

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारम डा. सुर्य संग्रौला नियुक्त भएका छन् ।

आइतबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको सिफारिसमा सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रजिष्ट्रारमा संग्रौलालाई नियुक्त गरेका हुन् ।

नवनियुक्त रजिस्टार संग्रौला कांग्रेस नेतृ समेत रहेकी सांसद डा. डिला संग्रौलाका श्रीमान हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुले संग्रौलालाई वीपी प्रतिष्ठानको रजिष्ट्रार नियुक्त गर्न दबाब दिदैँ आएका थिए ।

प्रधानमन्त्री समेतको दबाबपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले शुक्रबार संग्रौलालाई रजिष्ट्रार बनाएका हुन् ।

यसैगरी, रिक्त रहेको अस्पताल निर्देशकमा डा. जगतप्रसाद नियुक्त भएका छन् । यसअघि उनी अस्पतालका सहायक निर्देशक रहेका थिए । डा. जगतप्रसाद एनेस्थेसियाका चिकित्सक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?