आयोगद्वारा ३ सय ५१ उजुरीहरू फछ्र्यौट

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८/२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्यौट गरेको छ ।

फछ्र्यौट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरगत ८५ गरी कुल ९१ सिफारिस गरेको आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फछ्र्यौट गरिएका उजुरीहरूमा ९ वटा खारेजी गरिएको छ भने २ सय ५१ उजुरी तामेलीमा छन् । त्यस्तै गरी ६१ उजुरीहरूमा विभिन्न आदेश गरी पुनः पेश गर्ने निर्णय गरेको छ । पुनः पेश समेत गरी आ.व. २०७८/०७९ मा आयोगले कूल ४ सय १२ उजुरीहरू उपर निर्णय गरेको प्रवक्ता डा. टीकाराम पोख्रेलले जानकारी दिए । सिफारिस गरिएका उजुरीहरू मध्ये सबैभन्दा धेरै ४२ सिफारिस आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसँग सम्बन्धित रहेका छन् ।

आयोगले स्थापनाकालदेखि नै मानव अधिकार उल्लंघनसम्बन्धी घटनाका उजुरीहरू दर्ता, अनुगमन, अनुसन्धान र निर्णय गरी नेपाल सरकारलाई सिफारिसहरू गर्दै आइरहेको छ । आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूमा रहेका उजुरीहरू, उजुरीउपर भएका निर्णय तथा सिफारिसहरूको तथ्यांक प्रत्येक वर्ष अद्यावधिक गर्दै आइरहेको छ ।

आयोगमा आर्थिक २०७८/२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी संख्या ४ हजार २ सय १४ रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?