काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीमा हिजो बेलुकी ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
बनेपाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा हिजो बेलुकी सवा ७ बजे बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया