काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका किशोरको शव भेटिएको छ । शनिबार हराएका १६ वर्षीय शुभमश्री प्रधानको शव आज फेला परेको हो ।
शनिबार साथीहरुसँग घुम्न गएका प्रधान सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका थिए । उनको ढुंगाको चेपमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खोलामा हराएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरेको थियो । प्रधानसहित ७ जना घुम्न शिवपुरी राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजलमा गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया