काठमाडौं । नेकपा माओदावी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू सदभावना भ्रमणको लागि भारत जान लागेको बताएका छन् ।
शुक्रबार भारत भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले आफ्नो भारत भ्रमण विशुद्ध राजीतिक भ्रमण रहेको स्पष्ट पारेका छन् ।
‘म मित्रराष्ट्र भारतमा राजनीतिक भ्रमणको निम्ति जाँदैछु । यो भ्रमण मुख्यतः एउटा सद्भावना भ्रमणको रुपमा रहेको छ ।’ उनले भनेका छन् ।
त्यसैगरी उनले आफू चीन लगायत अन्य मित्रराष्ट्रहरुको भ्रमणमा जाने समेत बताएका छन् ।
भारतीय पूर्व राजदूत विनयमोहन क्वात्रा तथा भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी भारत भ्रमण जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।
उनी साउन १ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया