सत्ता गठबन्धनमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’ बारे सहमति

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सरकारमा सहभागी सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’ विषयमा सहमति जुटेको छ ।

आज बिहान बसेको गठबन्धन बैठकमा सहमति जुटेको हो । सहमति भएपछि आजै मन्त्रिपरिषद् बैठक बस्ने र ‘विधेयक’ पारित गर्ने तयारी गरिएको छ । सरकारले आज दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको हो ।

गठबन्धनमा सहमति भएसँगै बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकबाट उक्त विधेयक पारित गर्ने तयारी भएको बताइएको छ । मन्त्रिपरिषदबाट पारित गरेर सरकारले आजै शुक्रबार दिउँसो बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने आन्तरिक तयारी गरेको छ ।

द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भए पनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् । सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?