काठमाडौं । सरकारमा सहभागी सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
आज बिहान बसेको बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’ बारे ल्याउनेबारे छलफल भएको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा ‘विधेयक’ पेश गर्ने गरी सत्तारुढ गठबन्धन दलहरुबीच छलफल हो ।
गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने सत्तारुढ दलको तयारी छ । सरकारले आज दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।
हिले द्वन्द्वकालीन घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग छन् । दुवै निकाय ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१’ अनुसार सञ्चालित भएपनि त्यो कानुन संशोधन हुनुपर्ने पीडितहरुले माग गर्दै आएका छन् ।
यी दुवै आयोगले पदावधि आज सकिनेभएकाले म्याद थपबारे सत्ता गठबन्धनमा छलफल भइरहेको हो । सर्वोच्च अदालतले समेत कानुन संशोधन गर्नु भनी १४ फागुन २०७१ मा सरकारका नाममा आदेश दिएको थियो । प्रतिनिधि सभामा आज नै उपसभामुख चयनका लागि निर्वाचन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया