काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार पाँच विधेयकहरु प्रमाणित गरेका छन् । दुबै सदनकाे बैठकहबाट पारित भएका ती पाँच विधेयकलाई सभामुख सापकोटाले आज प्रमाणित गरेका हुन् ।
तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयककाे साथै नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामुख सापकोटाले प्रमाणित गरेका हुन् ।
सभामुखले प्रमाणति गरेका ती विधेयकहरु राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र उक्त विधेयकले कानुनी रुप लिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया