जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिमा सदस्य हेरफेर

लोकपथ
56
Shares
gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu’g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर भएका छन् । करको दर हेरफेर गर्न अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनी उठेको प्रश्नबारे गठित विशेष समितिमा कांग्रेसका सदस्य हेरफेर गरिएको हो ।

समितिमा रहेकी पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाएर कांग्रेसले उनको ठाउँमा अर्का सांसद मानबहादुर विश्वकर्मालाई उठाएको हो । जसलाई बिहीबार बसेको प्रतिनिधिसभाको बैठकले स्वीकार गरेको छ ।

२२ असारमा गठित समितिमा सांसदहरू खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?