काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले राजनीतिक दलहरुमा पार्टीको भक्ति गर्ने नेता रहुन्जेल वैज्ञानिक चेतनाको विकास हुन नसक्ने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धित नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले राम्रो राष्ट्रको परिकल्पना गर्न राम्रो राजनीति चाहिने र त्यो राजनीतिक दलमा रहने भएकोले राजनीतिक दलहरु सुध्रिनुको विकल्प नरहेको उल्लेख गरे ।
नेता भुसालले नेपाली काँग्रेसले वि.सं. २०१२ सालतिरको बिपीको प्रजातान्त्रिक वैज्ञानिक समाजवाद, एमालेको समृद्ध नेपाल, सुखी नेपाली, २१औँ शताब्दीको वैज्ञानिक समाजवाद र एकीकृत समाजवादीको यात्रा समृद्धिको लक्ष्य समाजवादको नारा नारामै सिमित रहेको बताए ।
उनले कुनैपनि दलले नारा ल्याएपनि कसरी बनाउने भन्ने योजना पुष्टि गर्न नसकेको बताए । उनले नेपालमा कुनैपनि पार्टीले बनाएर नाराहरु वैज्ञानिक नरहेको दाबी गरे ।
नेता भुसालले पुँजीपति वर्गसँगको साँठगाँठमा नै नेतृत्व वर्ग रहेसम्म देशमा वैज्ञानिक समाजको परिक्ल्पना हुन नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया