पर्सा । पर्सामा लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका–७ बस्ने मिश्री भन्ने मिसिर महतो नुनियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजा मुद्दामा जिल्ला अदालत पर्साको २०७४ माघ २८ गते र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जको २०७६ बैशाख ३१ गतेको फैसलाअनुसार ४ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बहुदरमाई नगरपालिका–७ बाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय पर्सा वीरगञ्ज पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया