रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकटः जेलेन्स्की

लोकपथ
0
Shares
{“caption”:”u0930u0941u0938u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u092du094du0932u093eu0926u093fu092eu093fu0930 u092au0941u091fu093fu0928 u0930 u092fu0941u0915u094du0930u0947u0928u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u092du094bu0932u094bu0926u093fu092eu093fu0930 u091cu0947u0932u0947u0928u094du0938u094du0915u0940 u0964″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका । रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा प्रमुख रणनीति ‘आर्थिक झटका’ सिर्जना गर्नु रहेको जेलेन्स्कीको भनाई छ ।

आपूर्ति श्रृंखलामा अवरोधका कारण खाद्यान्न र इन्धनको अभाव भोगिरहेका धेरै देशहरूले रुसी एजेन्डालाई फाइदा पुर्याएको उनले बताए । श्रीलंकाको संकटलाई प्रकाश पार्दै उनले भने, ‘खाना र इन्धनको स्तब्ध पार्ने मूल्यवृद्धिले सामाजिक विस्फोट भयो । यसको अन्त्य कसरी हुन्छ कसैलाई थाहा छैन ।’

युक्रेनको युद्धले ९४ देशहरूमा अनुमानित १ दशमलब ६ अर्ब मानिस वित्त, खाद्य, वा ऊर्जा संकटमा छन् । आर्थिक संकटका कारण चलिरहेको विरोध प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे बुधबार देश छाडेर भागेका थिए । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रप्राप्त गरेपछि पहिलो पटक अभूतपूर्व आर्थिक संकट सामना गरेको छ ।

मुद्रा सञ्चितिको अभावका कारण इन्धन आपूर्ति हुन सकेको छैन् । खाद्यान्न , औषधि जस्ता अत्यावश्यक वस्तुको आयात हुन नसक्दा सर्वसाधारण मानिस सरकारविरुद्ध क्रुद्ध बनेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?