निवर्तमान अर्थमन्त्री शर्मामाथिको छानबिन समितिको संयोजक तोकिँदै

लोकपथ
49
Shares

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।

गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी छिन् । बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायर हेरफेर गरेको भन्दै संसदमा आवाज उठेपछि शर्माले गत २२ असारमा राजीनामा दिएका थिए ।

उक्त विषयमा छानबिन गर्नका लागि प्रतिनिधिसभा बैठकले ११ सदस्यीय छानबिन समिति बनाएर काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार समिति गठन भएको झण्डै एक सातापछि समितिको बैठक बस्न लागेको हो । गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्यीय रहेका छन् ।

जसअनुसार खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?