एम अधिकारी को हुन् एमालेले सार्वजनिक गरोस् : प्रदीप पौडेल

लोकपथ
84
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी एमालेले सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

एमालेको अर्थ विभागको सदस्यमा एम अधिकारी नाम गरिएको व्यक्ति गभर्नर महाप्रसाद अधिकारी रहेको भन्ने चर्चा चलिरहेको बेला नेता पौडेलले सो कुरा बताएका हुन् ।

ट्वीट गर्दै नेता पौडेलले यदी एमालेको विभागमा रहेको भएमा गभर्नर अधिकारीले ल्याउने मौद्रिक नीतिले लक्ष्य भेटाउन नसक्ने भन्दै कटाक्ष गरेका छन् ।

उनले भनेका छन्, ‘महाप्रसाद गभर्नर हुन् भने एम अधिकारी को हुन्? एमालेले सार्वजनिक गरोस्।कार्यकर्ता भएर ल्याइने मौद्रिक नीतिले लक्ष्य भेटाउन सक्दैन’

त्यसैगरी चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकको दैनिक समस्या समाधान गर्न लचक हुनेगरी मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्, ‘यो तथ्य पछिल्लो एमाले सरकारको काम हेरेर पुष्टि हुन्छ।चुलिँदो आर्थिक तरलतालाई फास्ट ट्रयाकमा हल गर्न र नागरिकका दैनिक समस्या सम्बोधन गर्न लचक हुनुपर्दछ।’

आइतबार गठित नेकपा एमालेको विभागमा एम अधिकारी नाम गरेको व्यक्ति गभर्नर भएको भन्ने तथ्य बाहिरिएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?