सरकारको काम गराइप्रति प्रकाशमानको आपत्ति

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहेका छन् । बैठक अबको चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेमा केन्द्रित छ ।

केन्द्रीय सदस्यहरूले आगामी मंसिरमा हुने संघीय र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो धारणा राखिरहेका छन् । अधिकांश केन्द्रीय सदस्यले अब हुने चुनावमा आफूलाई केन्द्रमा राखेर धारणा राखेका छन् । जारी बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बुधबार बोल्दै सिंहले देउवा सरकार गठन भएको एक वर्ष भइसक्दा पनि कुनै देखिने र सुनिने काम नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । ‘सरकारले देखिने र सुनिने कुनै कार्यक्रम ल्याएन । मूल्यवृद्धि र जनजीविकाका अन्य सवालमा सरकारले ध्यानै दिएन,’ बैठकमा सिंहले भने,‘चुनाव आउन लागिसक्यो । के भनेर जनतामा जाने हो?’ कांग्रेस केन्द्रीय समितिमा अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?