काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष महालेखापरीक्षकको ५९औँ वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबार महालेखापरीक्षक टंकमणि शर्माले प्रतिवेदन पेश गरेका हुन् ।
शर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया