भोजपुर र जाजरकोटमा जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । भोजपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रामप्रसादराई गाउँपालिका-१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउँसो कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लागेर जबरजस्ती करणी गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, जाजरकोटको शिवालय गाउँपालिका-३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले सोमबार पक्राउ गरेको छ । ७८ वर्षीया वृद्धा महिलालाई गत शनिबार ती पुरुषले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?