काठमाडौं । अर्थतन्त्र धराशायी भएसँगै श्रीलंकामा संकटकाल घोषणा गरिएको छ ।
राष्ट्रपति गोटबाया राजपक्षे देश छोडेर माल्दिभ्स पुगेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको हो ।
केही दिनअघि सर्वसाधारणले राष्ट्रपति कार्यालयमा समेत तोडफोड गरेका थिए । जनसमूह आक्रशित भइ प्रदर्शनलाई थप जोड दिएसँगै संकटकाल लगाइएको हो ।
सर्वसाधारणको उग्र विरोध प्रदर्शनलाई ख्याल गर्दै प्रधानमन्त्री रानिल विक्रमसिंघेले संकटकाल घोषणा गरेका हुन्।
बुधबार पनि हजारौँको संख्यामा मानिसहरु संसद भवनलाई लक्षित गर्दै मार्चमा जुटेका छन्।
कयौँ स्थानमा पुलिस र प्रदर्शनकारीबीच हिंसक झडप भएका छन्। यसका कारण प्रहरीले बल प्रयोग गर्न बाध्य भएको छ। अर्कातिर प्रदर्शनकारीकै दुई समूह पनि भिड्दा १२ जना घाइते भएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया