काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न १० वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक-२०७९ पेश गर्ने तयारी छ । संसदको सम्भावित कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक पेश गर्ने उल्लेख गरिएको छ । आजकै बैठकमा विधेयकमाथि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचना निणर्यार्थ प्रस्तुत हुनेछ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले “योगमाया आयुर्वेद विश्वविद्यालय विद्येयक २०७६” लाई दफादार पेश गर्ने कार्यसूची राखिएको छ । यस्तै, राष्ट्रिय सभाको सन्देशसहित नेपाल “रेल्वे विद्येयक २०७९” प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया