आगामी निर्वाचनमा सभामुख सापकोटालाई निर्वाचन क्षेत्र छोड्नुपरे विद्रोह गर्ने बस्नेतको चेतावनी

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले आगामी निर्वाचनमा आफूहरुको सिट सुरक्षित हुनेगरी गठबन्धन हुनुपर्ने बताएका छन् । उनले तालमल गर्दा आफ्नो सिट सुरक्षित नभए विद्रोह गर्ने चेतावनी समेत दिएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले गठबन्धनको नाममा आफूहरुको चुनावी क्षेत्र खोसिन नहुने प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको एक नेताले जानकारी दिए ।

सिन्धुपाल्चोकमा बस्नेतको निर्वाचन क्षेत्र र सभामुख अग्नि सापकोटाको निर्वाचन क्षेत्र एकै रहेको छ । अघिल्लो निर्वाचनमा सापकोटासँग पराजित भएका उनले यो निर्वाचनमा आफूले सिट नपाउन सक्ने भन्दै गठबन्धन भएपनि आफूले पाउनुपर्ने माग राखेका हुन् । अन्यथा गठबन्धन हुन नहुने धारणा उनले राखेका बताइएको छ। गएको स्थानीय तह निर्वाचनमा समेत बस्नेत सिन्धुपाल्चोकमा गठबन्धन भत्काउन लागिपरेका थिए ।

यस्तै भोजपुरका नेता रमेशजंग रायमाझीले पनि मोहनलाई समर्थन जनाउँदै आफूहरुको सिट सुरक्षित हुनुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?