काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले आफ्नो मर्यादाक्रम केन्द्रीय सदस्यभन्दा माथि राख्न माग गरेका छन् ।
उनीहरुले आज पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा यस्तो माग राखेका हुन् । बैठकमा सहभागि प्रदेश सभापतिहरुले आफूलाई केन्द्रीय सदस्यभन्दा तल पारिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
कांग्रेसले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा राखिएको छ । जसमा उनीहरूलाई केन्द्रीय सदस्य तल पारिएको छ । यसबारे सात वटै प्रदेशका सभापतिहरूले लिखित रूपमा आफूहरुले आपत्ति जनाएको बताएका छन् । उनले आफूहरूको माग आफूहरूको मर्यादाक्रम केन्द्रीय सभापतिभन्दा मुनी र केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्ने बताएका छन् ।
सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि आफूहरूले यो कुरा उठाइरहेको बताए । ‘केन्द्रीय सदस्य उठ्नका लागि यस पटक मापदण्ड थिएन । तर, प्रदेश सभापतिका हकमा क्रियाशील सदस्य भएको १५ वर्ष राखिएको छ,’ उनले भने, ‘तर मर्यादाक्रममा हामीलाई अपमान गरिएको छ । जसमा ध्यान दिइनुपर्दछ भन्ने हाम्रो माग हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया