काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले वीरगञ्जको बैठक स्थगित गरी अध्यक्ष उपेन्द्र यादव पक्षलाई वार्तामा आउन आग्रह गरेका छन् ।
काठमाडौंको जडिबुटीस्थित रोयल जडीबुटी पार्टी प्यालेसमा जारी बैठकमा बोल्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई वार्ताको आह्वान गरेका हुन् । जडिबुटीमा सुरु भएको आफूपक्षीय केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै भट्टराईले वीरगञ्जको बैठकमा आफूहरुलाई नबोलाएकोले नगएको बताएका हुन् ।
जसपा नेपाललाई देशमा वैकल्पिक शक्तिको रुपमा निर्माण गर्न लागेको बताउँदै उनले बहुमत सदस्य संख्या आफूसँग रहेको दाबी गरे । उनले आफूहरुको बैठक नै वैधानिक रहेको पनि दाबी गरे ।
अध्यक्ष यादवले पार्टीमा कसैलाई जानकारी नदिइ एकलौटी रुपमा वीरगञ्जमा बैठक बोलाइएको कारण त्यो अवैधानिक रहेको बताए । पार्टीको विधानअनुसार दुई जना अध्यक्षको व्यवस्था रहेको र त्यसै अनुसार एकजना जनजातिबाट अध्यक्ष राख्नु पर्छ भन्दा मरिगए अध्यक्ष राख्न नमानेको गुनासो गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया